logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी ८ जिल्ला उच्च जोखिममा, ५०० भन्दा बढी सक्रिय संक्रमित


अंकुरण खबर
767
Shares

नेपालमा अझै पनि आठ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्यामा केही कमी आएको भए पनि विभिन्न ८ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको र अझै उच्च जोखिममा रहेको छ ।

प्रदेश १ का ३ जिल्ला मोरङ, सुनसरी र झापा तथा बागमती प्रदेशका ४ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र चितवनमा ५०० भन्दा धेरै संक्रमित सक्रिय छन् । गण्डकी प्रदेशको भने कास्कीमा मात्रै ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।

त्यस्तै, २३ वटा जिल्लामा २०० बढी सक्रिय संक्रमित रहेको पनि मन्त्रालयको तथ्यांक छ। यसभन्दा अघि ३७ जिल्लाभन्दा बढीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका थिए । अहिले भने सो संख्या घटेर ८ जिल्लामा आएको हो।