logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तामाकोशीले ठूला परियोजनाका लागि आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास


अंकुरण खबर
1.404K
Shares

 

राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताएकी छन्।

राष्ट्रपतिले ट्वीट गर्दै सो आयोजनाले मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि गर्नाका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्वास बढाउने विश्वासका साथ आयोजनाको सफलतामा योगदान गर्ने सबैलाई बधाई दिइएकी छन्।

सोमबार माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरिएको थियो।