logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इंग्ल्यान्ड क्रिकेट टोलीका ३ खेलाडी र ४ स्टाफमा कोरोना भाइरसको संक्रमण


अंकुरण खबर
1.768K
Shares

पाकिस्तानसँगको एकदिवसीय सिरिज अघि गरिएको परीक्षणमा इंग्ल्यान्ड क्रिकेट टोलीका ३ खेलाडी र ४ स्टाफमा कोरोना संक्रमण देखिएको छ।

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले खेलाडीसहित ७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो।

बोर्डले कोरोना संक्रमित खेलाडी र स्टाफको नाम भने गोप्य राखिएको र उनीहरु सेल्फ आईसोलेसनमा बसिसकेको बताएको छ।

बोर्डले अलराउण्डर बेन स्टोक्स कप्तानको रुपमा टिममा फर्किएको जनाएको छ।