logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्दीप ‘द हन्ड्रेन्ड’ क्रिकेट प्रतियोगिता खेल्न बिहिबार इंग्ल्यान्ड प्रस्थान गर्दै


अंकुरण खबर
806
Shares

लेग स्पिनर सन्दीप लामिछाने बिहिबार इंग्ल्यान्ड प्रस्थान गर्ने भएका छन्।

दुई सातापछि इंग्ल्यान्डमा सुरु हुने ‘द हन्ड्रेन्ड’ क्रिकेट प्रतियोगिता खेल्न सन्दीप त्यसतर्फ जान लागेका हुन्।

भिसा ढिलो हुँदा अघिल्लो महिना इंग्ल्यान्डमा जारी टी २० ब्लास्ट सन्दीपले गुमाएका थिए। उनी वोर्सेस्टरशायरमा अनुबन्ध भएका थिए। यसपटक भने सन्दीप समयमै त्यसतर्फ स्थान गर्न लागेका हुन्।

सन्दीप ओभल इन्भीनसिभलसबाट द हन्ड्रेन्ड खेल्ने छन्। उनी त्यहाँ पुगेपछि क्वारेन्टाइनमा बस्ने म्यानेजर रमन शिवाकोटीले बताए।
इंग्ल्यान्ड सरकारको नियम अनुसार १० दिन अनिवार्य क्वारेनटाइन र दुई पटक कोरोना परिक्षण गर्नुपर्ने हुन्छ ।

द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्ट सम्म चल्ने छ। प्रतियोगितामा आठ टोली छन्। राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा हुनेछ। सन्दीपको टोली इन्भीनसिभलसले उद्धघाटन खेलमा म्यानचेस्टर ओर्जिनल्ससँग खेल्ने छ।