logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परिणाम निकाल्नेगरी काम गर्न उर्जा मन्त्रीको आग्रह


अंकुरण खबर
1.17K
Shares

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले व्यक्तिगत स्वार्थ नराखि काम गर्ने बताएकी छन् ।

पदबहाली गर्दै मन्त्री भुसालले आफ्नो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने भएको बताएकी हुन्।

उनले सबै मिलेर जनताको काम गर्नुपर्ने बताइन् । मन्त्री भुसालले भने, ‘ जनताको छोरी हुँ, जनताको जनयुद्वबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छु, मिलेर काम गरौं । जनताका काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो ।’

उनले बिजुली बत्ति नदेखेकालाई पनि बिजुलीको पहुँचमा पुर्याउने गरी काम गर्नेमा जोड दिएकी छन् । देशमा कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिनुपर्ने मन्त्री भुसालको भनाइ छ ।