logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ५५३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.417K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३३९ जना, भक्तपुरमा ८० जना र ललितपुरमा १३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २६७६ जना कोरोना संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।