logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवाले विश्वासको मत पाएपछि नेपालले भने- लोकतन्त्रको विजय भयो


अंकुरण खबर
741
Shares

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत पाएपछि नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रको जित भएको प्रतिक्रिया दिएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए। उनले भने, ‘संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ।’

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गरे।

आइतबार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। उनको पक्षमा १६५ र विपक्षमा ८३ मत खसे।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चासँगै नेकपा (एमाले)का २२ सांसदले विश्वासको मतको पक्षमा भोट दिएका थिए।