इंग्लिस प्रिमियर लिगमा आज बेलुका सवा नौ बजे लिभरपुल र म्यानचेस्टर युनाइटेड आमने–सामने हुँदै छन् । लिगमा लिभरपुल अपराजित टोली हो भने भने युनाइटेडले खराब प्रदर्शन गरिरहेको छ ।
यी दुवै टोली जारी लिगमा आठवटा खेल खेलका छन् । आठवटा खेलमा लिभरपुल शतप्रतिशत नतिजा निकाल्दै २४ अंक जोड्न सफल भएको छ । यता, म्यानचेस्टर युनाइटेड भने दुई खेलमा जित, तीन खेलमा बराबर र तीन खेलमा पराजित भएको छ ।
म्यानचेस्टर लिगको १४औं स्थानमा छ । लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई ४–० ले पराजित गरेको थियो भने लिभरपुलले पनि नर्विच सिटीमाथि ४–१ को नतिजा निकालेको थियो । म्यानचेस्टरले लिगको दोस्रो खेलमा वुल्भ्ससँग १–१ को बराबरी खेलेको थियो भने लिगको तेस्रो खेलमा क्रिस्टले प्यालेससँग २–१ ले पराजित भएको थियो ।
त्यस्तै, लिगको चौथो खेलमा म्यानचेस्टरले साउथह्याम्टनसँग १–१ को बराबरी खेलेको थियो भने पाँचौं खेलमा लेस्टर सिटीमाथि १–० ले विजयी भएको थियो । त्यस्तै, लिगको छैटौं खेलमा वेस्ट ह्यामसँग २–० ले पराजित हुने पुगेको थियो । त्यस्तै, म्यानचेस्टरले लिगको सातौं खेलमा आर्सनलसँग १–१ को बराबरी खेलेको थियो भने आठौं खेलमा न्युक्यासलसँग १–० ले पराजित हुन पुगेको थियो ।
आज हुने खेलमा म्यानचेस्टर जित्ने दबाबका साथ मैदान उत्रिँदै छ भने लिभरपुल अपराजित यात्रा कायम राख्ने ध्येयका साथ मैदानमा उत्रिँदै छ । एजेन्सी