logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेयर पदका लागि चुनाव लड्ने सरिता गिरीको घोषणा


अंकुरण खबर
1.04K
Shares

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु ।’

लहान नगरपालिकाका जनता मेयर मुनी साहको अधिनायकवादी चरित्रबाट पीडित रहेको भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘अब ६ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्नेछु ।’