logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामचन्द्र पौडेल सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड निवासमा


अंकुरण खबर
676
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् ।

पौडेल सोमबार विहान प्रचण्ड निवास पुगेका हुन् । प्रचण्डको सचिवालयका अनुसार पौडेलले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नेपाली कांग्रेसका नेताहरु सत्ता साझेदार भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घरमा पछिल्लो समय जान थालेका छन् ।

यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्डपत्नी सीताको अवस्था बुझ्न प्रचण्ड निवास पुगेका थिए ।