logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राज्यमन्त्री श्रेष्ठले भने- ‘अहिलेको प्राथमिकताका भनेको खोप लगाउँनु हो’


अंकुरण खबर
1.157K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप अभाव हुन नदिने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा नवनियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले अनुदान वा खरिद गरेर खोपको व्यवस्था गर्ने बताएका हुन् ।

उनले अनुदानका लागि सम्झौताको तयारी भइरहेको पनि बताए । राज्यमन्त्री श्रेष्ठले तेस्रो लहरको संक्रमणमा निःशुल्क उपचार गर्ने गरी आफूले सेवामूलक अस्पताल खोल्ने दाबी समेत गरेका छन् । उनले अहिलेको पहिलो प्राथमिकताका भनेको खोप भएकाले सबै जनतालाई खोप लगाउनुपर्ने बताए ।

त्यस्तै मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डा. गुणराज लोहनीले कोरोनाको तेस्रो लहरको जोखिम कायमै रहेको र सबै सचेत हुनुपर्ने बताए । कोरोना संक्रमण केही संख्यामा घटेको देखेपनि फेरि बढ्न सक्ने आंकलन रहेको उनको भनाइ छ ।
उनले पर्याप्त खोपका लागि सरकारले सबै विकल्पलाई खुला राखेको जिकिर गरे ।

बैठकमा सांसदहरुले सबै नागरिकलाई खोपको पहुँचमा ल्याउनुपर्ने, संक्रमितको उपचार समान रूपमा हुनुपर्ने बताएका थिए ।
मन्त्रालयले चैतसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जनाएको छ भने आगामी मंसिरसम्म २ लाख नयाँ संक्रमित थपिने समेत प्रक्षेपण गरेको छ ।