logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सातै प्रदेशको प्रदेश प्रमुख हटाउने तयारी


अंकुरण खबर
1.3K
Shares

सरकारले सातै प्रदेशको प्रदेश प्रमुख हटाउने तयारी गरेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बिदा गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी भएको हो । पहिलो चरणमा लुम्बिनी, गण्डकी र प्रदेश नं २ का प्रमुखलाई हटाउने तयारी गरिएको बताइएको छ ।

अहिले प्रदेश नं २ मा राजेश झा, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेका छन । संविधान निर्माणसँगै प्रदेश संरचना बनेपछि तत्कालिन देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो । तर प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सातैजना प्रदेश प्रमुख फेरेका थिए।

प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।