logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश


अंकुरण खबर
1.183K
Shares

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

आईतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कार्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो ।

संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका महरामाथि अनुसन्धान भईरहेको छ । यस अघि अनुसन्धान गर्न दिइएको १३ दिनको म्याद गुज्रिएपछि अदालतले पुन अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद थप गरिदिएको हो ।