काठमाडौं उपत्यकामा थप ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार काठमाडौंमा ५१७ जना, ललितपुरमा १६४ जना र भक्तपुरमा ९४ जना संक्रमित थपिएका हन् ।
अहिले उपत्यकामा ८ हजार ६६९ जना सक्रिय संक्रमित छन्। भने काठमाडौंमा ५९९५, ललितपुरमा १५४० र भक्तपुरमा ११३४ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा ३१०६ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।