logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापार सम्झौताको तयारी


अंकुरण खबर
1.43K
Shares

काठमाडौं – नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापार सम्झौताका लागि आवश्यक खाका तयार गरिने भएको छ । आजदेखि काठमाडौंमा शुरु भएको नेपाल–बंगलादेश प्राविधिक समितिको चौथो बैठकमा यसलाई टुंग्याउने तयारी गरिएको हो ।

अघिल्लो वर्ष काठमाडौंमा भएको नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय वार्तामा दुई देशबीच वाणिज्य तथा पारबाहन सन्धि गर्ने समझदारी भएको थियो । प्राविधिक समितिको वार्ताले दुवै मुलुकका निश्चित वस्तुलाई सहज बजार पहुँच दिने गरी व्यापार सम्झौता गर्ने विषयको खाका तय गर्ने तयारी छ ।

प्राविधिक समितिको वार्तामा प्रिफेरेन्सियल व्यापार सम्झौताका विषयमा समझदारी गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तयारी छ । व्यापार सम्झौता गर्ने विषयमा दुवै मुलुक सहमत भएपनि मोडालिटी भने टुंगिन बाँकी छ । नेपाल र बंगलादेशले शून्य भन्सारको सुविधा उपलब्ध गराउने बस्तुहरुको सूचि एकअर्को देशलाई पठाइसकेका छन् ।

दुईपक्षीय वार्तामा विराटनगरबाट बंगलादेशमा क्षेत्रीय उडान, भारत–बंगालादेशबीचको जलमार्गमा नेपाललाई जोड्ने, काठमाडौं–ढाका बस सेवा नियमित गर्ने, नेपालको धागो बंगलादेशले सहज पहुँच दिने लगायतका विषयमा छलफल हुनेछ ।