सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयबाट संघीय संसदलाई पठाइएको पत्र पढेर सुनाउदै सभामुख अग्निप्रसाद सापकोटाले सोमवार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी गराएका छन् ।
साउन ३ गते सुरु भएको प्रतिनिधिसभाको अधिवेशन २९ दिन चले पनि शून्य विशेष समयमै व्यतीत भएको छ ।