logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४ सांसदको कारबाही सदरका लागि दबाब दिन एमाले सांसदहरु सभामुखको कार्यकक्षमा


अंकुरण खबर
793
Shares

पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरु सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् ।

आज एमाले सांसदहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाव दिएका हुन् ।

सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका थिए ।

एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ ।