पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ६ सय ४ जना, भक्तपुरमा १ सय ७ जना र ललितपुरमा १ सय ८७ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ३१ पुगेको छ । जसमध्ये काठमाडौंमा ८ हजार ७ सय ६७, भक्तपुरमा १ हजार ४ सय ७४ जना र ललितपुरमा २ हजार २ सय ९० रहेका छन् ।
उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ र लिलतपुर २ गरी ८ जनाको मृत्यु भएको छ ।
योसहित उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६९ पुगेको छ। जसमध्ये काठमाडौंमा २ हजार ४०, भक्तपुरमा ४ सय २ जना र ललितपुरमा ६ सय २७ रहेका छन्।