logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपक्षीको अवरोधबीच विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री केसी


अंकुरण खबर
1.313K
Shares

विपक्षी दल एमालेको अवरोधबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।

लुम्बिनीका चार दलको समर्थनमा केसी २८ साउनमा मुख्यमन्त्री बनेका थिए । उनले सोमबार नै विश्वासको मत लिने कार्यसूची प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ ।

आफ्ना दुई सांसदलाई बर्खास्त गर्न माग गर्दै एमालेले भने प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ।

सोमबार साढे १ बजे बसेको प्रदेशसभा बैठक एमालेको अवरोधका कारण स्थगित भएको थियो । तीन बजे पुनः बसेको बैठकमा एमालेका सांसदहरू उपस्थित भएनन् ।

एमालेले सोमबार बिहान सभामुख पूर्णबहादुर घर्तीलाई आप्ना सांसदलाई बर्खास्त नगरे प्रदेशसभा बैठक अवरुद्ध गर्ने लिखित जानकारी दिएको छ ।