logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ७०८ संक्रमित


अंकुरण खबर
754
Shares

काठमाडौं उपत्यकामा ७०८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ४४१ जना, भक्तपुरमा १०० जना र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।

हाल काठमाडौं उपत्यकामा १० हजार ८ सय ३३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७१८२, भक्तपुरमा १४११ र ललितपुरमा २२४० सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै, १ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। भने कोरोनाको संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन्।