logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

माधव नेतृत्वको पार्टीले पत्रकार सम्मलेनमार्फत भावी योजना सार्वजनिक गर्दै


अंकुरण खबर
1.144K
Shares

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आज (बिहीबार) आफ्नो भावी योजना सार्वजनिक गर्दै छ ।

पत्रकार सम्मेलन गरेर नयाँ पार्टीले योजना सार्वजनिक गर्न लागेको हो । साथै नयाँ पार्टीको काम कारबाही अघि बढाउन ५ सदस्यीय स्थायी कमिटी बनाइएको छ ।

स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रवेश हमाल रहेका छन् । अन्य संरचना नबनेसम्म यही कमिटीले काम गर्ने भुसालले जानकारी दिए ।

‘आज हाम्रो पार्टीको योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछौं । अन्य गतिविधि सञ्चालन गर्न ५ सदस्यीय स्थायी कमिटी बनेको छ’, भुसालले भने । पत्रकार सम्मेलनपछि बैठक बसेर सरकारमा जाने विषयको निर्णय गर्ने सम्भावना छ ।