logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लगातार तेस्रो जितसङै टोटनहम शीर्ष स्थानमा


अंकुरण खबर
962
Shares

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा टोटेनहमले लगातार तेस्रो जित निकालेको छ।

आइतबार घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनहमले लगातार तेस्रो जित निकालेको हो।

टोटेनहमलाई जित दिलाउन एक मात्र निर्णायक गोल ह्युङ मिन सनले गरे। सनले खेलको ४२औँ मिनेटमा फ्रि किकबाट गोल गरेका थिए।

बाँकी समय दुवै टोलीले गोलको प्रयास गरे पनि सदुपयोग गर्न सकेनन्।

जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहमले ३ खेलमा सत प्रतिशत जितसहित ९ अंक जोडेको छ। पराजित वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ।

एकै समय भएको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले १-१ गोलको बराबरी खेले। बर्नलीका क्रिस उडले गोल गरे। लिड्सका प्याट्रिक बामफोर्डले बराबरी गोल फर्काए।

आज राती उल्भ्सले म्यान्चेस्टर युनाइटेडको सामना गर्दैछ।