logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

काठमाडौँको फोहोर तत्काल उठाउन प्रधानमन्त्री देउवाको निर्देशन


अंकुरण खबर
1.352K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर तत्काल उठाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

सोमबार साँझ काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई प्रधानमन्त्री देउबाले फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले फोहोर उठाउने सम्बन्धमा भएको समस्या समाधानमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको उनको सचिवालयले जनाएको छ ।