logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इपिएल विजेताले ५० लाख पाउने


अंकुरण खबर
650
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ।

आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

यस संस्करणको खेलमा इपिएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ। अघिल्लो संस्करणको विजेता टोलीले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गरेको थियो।

अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो।

प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन्।