पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये काठमाडौंमा ४ सय ६७ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा १ सय २९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ८८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घन्टामा १,७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा २,२७४ जना कोरोना संक्रमणबाट मुक्त भएक छन् भने कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ ।