logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत


अंकुरण खबर
923
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।