पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५१९ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६४ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा ८९ जनामा संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा ७३१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४०१९, ललितपुरमा २०१५ र भक्तपुरमा १२७६ सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा थप १६७७ जनामा संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ ।