logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा


अंकुरण खबर
910
Shares

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका छन् ।

दल विभाजनपछि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले आज मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन ।

विगतमा शाह र गहतराज दुबै माधवकुमार नेपाल नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरूले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीमा नगई नेकपामा रहने बताए ।