logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डले भने- ओलीसँग एकता गर्दा ज्ञान पाएँ, जसले गर्दा अहिलेको गठबन्धन बन्यो


अंकुरण खबर
1.235K
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरुका कम्युनिस्ट नेता गोन्जागोको निधनसँगै क्रान्तिको एउटा मोडेल अन्त्य भएको बताएका छन् ।

आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली कम्युनिस्टको कार्यदिशा’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोन्जागोको रिहाइको निम्ति नेपालका कम्युनिस्टले पनि पहल गरेको तर त्यसको प्रभाव रिहाइको स्तरमा नपुगेको बताएका हुन्।

प्रचण्डले केपी ओलीसँग पार्टी एकता गरे धेरै ज्ञान ज्ञान प्राप्त गरेको र त्यो सुनाउन चारपाँच घन्टा समय लाग्ने बताए। पाँच दलीय गठबन्धनको बैठकमा आफूलाई ताकेर केपी ओलीसँग पार्टी एकता गरेर के पाइयो भनी प्रश्न आएको पनि उनले सुनाए।

ओलीसँग एकता गरेपछि प्राप्त ज्ञानकै कारण सत्ता गठबन्धन गर्ने सोच अघि बढेको भनी नेताहरूलाई आफूले जवाफ दिएको उनको भनाइ थियो।