logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

महरालाई डीएनए टेस्ट गर्न दिन अदालतको आदेश


अंकुरण खबर
806
Shares

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले डीएनए टेस्ट गर्न दिन आदेश दिएको छ ।

अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले विहीबार महरालाई अदालत लगेको थियो । अनुसन्धानको क्रममा प्रहरीले डीएनए टेस्ट गर्न अनुरोध गरे पनि महराले प्रहरीलाई सहयोग गरेका थिएनन् ।

विहीबार म्याद थप गर्ने क्रममा प्रहरीले महराले डीएनए टेस्ट गर्न इन्कार गरेका कारण अनुसन्धान पूरा हुन नसकेको कारणसहित यसपटक प्रहरीले अभियुक्तलाई डीएनए टेस्ट गर्न दिन आदेश गरी पाउँ भन्ने निवेदन दिएको थियो ।

यसपटक प्रहरीले डीएनए टेस्टको आदेश गरी पाउँ भनी निवेदन गरेअनुसार अभियुक्तलाई डीएनए टेस्ट गर्न दिनु भन्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका रजिष्टार आनन्दकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थप सात दिन थुनामा राख्न तथा डीएनए टेस्ट गर्न आदेश दिएको हो ।

अदालतले आदेश दिएसँगै अब महराले डीएनए परीक्षण गर्न अस्वीकार गर्न पाउनेछैनन् । रजिष्टार श्रेष्ठले दीपावलीको विदा समेत परेको र डीएनए समेट टेस्ट गर्नुपर्ने भएकाले थप सात दिनको म्याद दिइएको जानकारी दिए ।