logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालले आज म्यान्मारसँग खेल्दै


अंकुरण खबर
845
Shares

काठमाडौँ – नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९:१५ बजे शुरु हुनेछ ।

साग भने आगामी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुँदैछ । नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी र तेज तामाङ छन् ।

त्यसैगरी अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् । त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र बाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन र सुमन अर्याल छन् ।