logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसियन कप छनोट : नेपाली महिला फुटबल टोली समूह चरणबाटै बाहिरियो


अंकुरण खबर
793
Shares

एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ  ।

उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो । आजको नतिजासँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग दुई–एकले हारेको थियो ।

आज हङकङसँग बराबरी खेलेपछि नेपाल आउँदो वर्ष भारतमा हुने एसियन कप खेल्नबाट वञ्चित भएको छ ।