पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३६४ जना कोरोना संक्रमित थपिएका छन् ।
तीमध्ये काठमाडौंमा २५६ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ७३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,८५७ रहेको छ ।
काठमाडौंमा २,७०७, भक्तपुरमा ८८५ र ललितपुरमा १,२६५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।