एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ ।
चौंथो संस्करणको यो खेल आज मध्यान्ह १२ः१५बाट टियु क्रिकेट मैदानमा सुरु हुने छ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
आजको खेलमा कुशल भुर्तेलको कप्तानीमा ललितपुर प्याट्रीयट्स र सन्दीप लामिछानेको कप्तानीमा काठमाडौं किङ्स ११ भिड्ने छन् ।
ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।
काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाशसहितका खेलाडी छन् ।