म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।
भिल्लरियलविरुद्ध ईन्जुरी समयमा क्रिष्ट्रियानो रोनाल्डोले विजयी गोल गरेका छन् ।
९० प्लस ५ मिनेटमा निर्णायक गोल गर्दै रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई २–१ ले विजयी बनाएका हुन् । रोनाल्डोले यही खेलमार्फत च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको किर्तिमान एकलौटी बनाएका छन् । बुधबार च्याम्पियन्स लिगको समूह चरणमा युनाइटेडले जित हासिल गरेको हो ।
रियल मड्रिडका पूर्वगोलकिपर इकरले १ सय ७७औँ च्याम्पियन्स लिग खेलेका छन् ।