नेकपा एमालेको विधान महाधिवेशनमा उपमहासचिव हटाउने प्रस्ताव गरिएको छ ।
ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा सो प्रस्ताव गरिएको हो । यसअघि पार्टी उपमहासचिव विष्णु पौडेलले केन्द्रीय कमिटी बैठकमा पेश गरेको प्रस्तावमा २ जना उपमहासचिव रहने व्यवस्था गरिएको थियो ।
महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको छ । नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ ।
तर कार्यान्वयनका लागि उक्त प्रस्ताव विधान महाधिवेशनबाट पारित हुनुपर्नेछ ।