logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा थपिए ३६६ कोरोना संक्रमित


अंकुरण खबर
689
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३६६ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २६६ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ६२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,८१६ रहेको छ। तीमध्ये काठमाडौंमा २,२९४, भक्तपुरमा ७०६ र ललितपुरमा ८१६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा १,०३० जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज १,००० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने  संक्रमणबाट १० जनाको मृत्यु भएको छ।