logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आईपीएलमा कोलकाताले  राजस्थानलाई ८६ रनले हरायो


अंकुरण खबर
806
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८६ रनले हराएको छ ।

गएराति भएको खेलमा कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । शिवम् डुबेले १८ रन बनाए ।

कोलकाताका शिवम्  माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । कोलकाताका शुवमन गिलले ५६ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

भेन्काटेस इयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए । राजस्थानका क्रिस मोरिस, चेतन शाकरिया, राहुल टेवाटिया र ग्लेन फिलिप्सले १र१ विकेट लिए । हिजो भएको अर्को खेलमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।