पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३२२ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा २२९ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,७०४ रहेको छ। तीमध्ये काठमाडौंमा २,२६७, भक्तपुरमा ६६१ र ललितपुरमा ७७६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ७४६ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार आज १,०३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ।