logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त


अंकुरण खबर
2.561K
Shares

काठमाडौं – डा. धर्मकान्त बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन् । आजको मन्त्रिपरिषद् बैठकले उनलाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भइसकेका बाँस्कोटालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले त्रिविको उपकुलपतिमा दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

मन्त्री पोखरेल नेतृत्वको समितिले त्रिवि उपकुलपतिमा सिफारिस गरेका डा. भगवान कोइरालालाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेपछि बाँस्कोटालाई त्रिविको उपकुलपति हुने बाटो खुलेको थियो ।