वाग्मती प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक सकिएको छ।
अब १५ मिनेटपछि दोस्रो बैठक सुरू हुनेछ। सभामुख सानुकुमार श्रेष्ठले पहिलो बैठक समापन भएको घोषणा गर्दै १५ मिनेटपछि दोस्रो बैठक सुरू हुने जानकारी गराए।
दोस्रो बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन्। मुख्यमन्त्री शाक्यका राजनीतिक सल्लाहकार माधव अर्यालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा दर्ता गराएका थिए।