logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री र प्रधान न्यायाधीशमा नैतिकता देखाउने आँट छ ? : भीम रावल


अंकुरण खबर
1.313K
Shares

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन्।

व्यापक विरोधपछि उद्योगमन्त्री बनेका गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रधान न्यायाधीश चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न ? भनि ट्विटरमा प्रश्न गरेका छन्।

निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उनको भनाइ छ।