logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा थपिए २९५ जना कोरोना संक्रमित


अंकुरण खबर
1.04K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९५ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १९१, भक्तपुरमा २६ र ललितपुरमा ७८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,४१२ रहेको छ।

तीमध्ये काठमाडौंमा १,९६८, भक्तपुरमा ६४८ र ललितपुरमा ७९६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।