logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सवारी दुर्घटनामा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने


अंकुरण खबर
728
Shares

सरकारले सार्वजनिक सवारी दुर्घटना हुँदा घाइते भएका मानिसहरुको निःशुल्क उपचार गर्ने भएको छ।

बुधबार गृह मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क उपचार गराउने जानकारी गराएको हो।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्‍यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ।’

यस्तै दुर्घटनामा ज्‍यान गुमाउनेहरुको अन्त्‍येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्‍यवस्था गरिने मन्त्रालयले जनाएको छ।

मंगलबार देशको विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी धेरैको ज्यान गएको तथा घाइते भएका छन्।