logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नेपाली खेलाडीलाई माया र समर्थन गर्न प्रशिक्षक अल्मुताइरीको आग्रह


अंकुरण खबर
1.261K
Shares

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय टोलीलाई अनुभवको कमी देखिएको बताएका छन् ।

गएराति भएको साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० ले पराजित भए पछि उनले यस्तो बताएका हुन् ।

उनले नेपाली खेलाडीलाई माया र समर्थन गर्न पनि आग्रह गरे । नेपालीले दिएको माया आफूले कहिल्यै नभुल्ने भन्दै उनले सुरुको दिनदेखि नै नेपालीले आफूलाई समर्थन र सहयोग गरेको बताए ।

यस्तै, प्रशिक्षक अल्मुताइरीले पछिल्लो ६ महिना आफ्नो लागि कठिन भएको पनि बताएका छन् । उनले अब एक वा दुई हप्ताको आराम गर्ने त्यस पछि मात्रै नेपाल फर्कने नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् ।