logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए २५० जना कोरोना संक्रमित


अंकुरण खबर
1.339K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५० जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १९२, भक्तपुरमा २३ र ललितपुरमा ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,५४७ रहेको छ।

तीमध्ये काठमाडौंमा १,३१२, भक्तपुरमा ५८६ र ललितपुरमा ६४९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।