logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा थपिए २२२ कोरोना संक्रमित


अंकुरण खबर
1.131K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२२ जना कोरोना संक्रमित थपिएका छन् ।

तीमध्ये काठमाडौंमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,४४६ रहेको छ । तीमध्ये काठमाडौंमा १,२७१, भक्तपुरमा ५६१ र ललितपुरमा ६१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ७०८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज ९३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।