एएफसी यू– २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ ।
ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू-२३ टोली इण्डोनेसियाको यू–२३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । तर दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो ।
अर्पण कार्कीको कप्तानीमा रहेको नेपाली टोलीले कुनै गोल गर्न नसक्दा खेल २–ले गुमायो ।
नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।