logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद शान्ता चौधरीको गाडी दाङमा दुर्घटना


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीको गाडी दुर्घटना भएको छ । नेकपाकी सचेतक समेत रहेकी चौधरीलाई दाङको घोराही छोडेर लमही तर्फ फर्किदैँ गर्दा बा २ झ २८७१ नम्बरको स्कारपियो दुर्घटनामा परको हो ।

गाडी दुर्घटना भए पनि गाडीमा चौधरी थिइनन् । गएराति ११ बजेतिर गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा दुर्घटना भएको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको थियो।

गुडीरहेको गाडी अगाडी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी खोलामा पुगेको चालक रतन चौधरीले बताएका छन् । गाडी चालक चौधरीलाई नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।