पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये काठमाडौंमा १७७ जना, भक्तपुरमा २५ जना र ललितपुर ३३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोना संक्रमित थपिएका छन् भने ११ जनाको संक्रमणबाट मृत्यु भएको छ ।